•  

    शनि, फाल्गुन २४, २०७६ 
    काठमाडौँ

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक कलहमा फसेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधर र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर बीच पानी बाराबारको अवस्था छ ।

    यस्तोमा कांग्रेस भित्रको अर्को तेस्रो गुट (कृष्ण सिटौला) समूहमा रहेका चर्चित युवानेताहरू गगन थापा र प्रदिप पौडेलले सिटौला गुट छाडेर वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा फर्किएको हल्लाले नेपाली कांग्रेसभित्र हंगामा नै भएको बताइन्छ ।

    युवा नेताहरू थापा र प्रदीप पौडेलको गुट परिवर्तनको कुराको खुलासा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नै खुलासा गरेका हुन् । गत शनिबार र सोमबार पार्टी सभापति देउवाले रामचन्द्र पौडेल पक्षको सहमतिबिना नै पार्टीका विभाग गठन लगायतका निर्णय लिएपछि चुलिएको विवादमा कांग्रेसका तेस्रो गुटको नेतृत्व गरिरहेका सिटौलाले सभापतिको कदमको समर्थन गरेपछि उक्त समूहका युवा नेताद्वय थापा र प्रदीप पौडेलले गुट परिवर्तन गरेका हुन् ।

    आगामी १४ औं महाधिवेशनलाई लिएर नयाँ समीकरणको चर्चा भै रहेको बेला दुई युवा नेताको गुट परिवर्तनले आगामी महाधिवेशनको समीकरणलाई नै प्रभावित पार्ने आकलन गरिएको छ ।

    गुट परिवर्तन बारे युवा नेता थापा र प्रदीप पौडेलले भने कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् भने तेस्रो गुटका प्रमुख सिटौला पनि चुप रहेका छन् । अहिलेको गुट परिवर्तनको घटनाक्रमले १४ औं महाधिवेशन केन्द्रित समीकरणले प्राथमिकता पाएको संकेत गर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…