•  

    शनि, फाल्गुन २४, २०७६ 
    काठमाडौँ

    कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि १२ जनाको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सको एक डाटाबेसका अनुसार ल्याब टेस्टमा बिहिबार बेलुकीसम्म कोरोना भाइरसका २ सय १५ संक्रमित सार्वजनिक भइसकेका छन् र १२ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये धेरैजसो जापानको डायमण्ड प्रिन्सेस शिपबाट फर्किएका यात्री हुन् । अमेरिका ल्याइएका मानिसहरुलाई अहिले क्वारेन्टाइन गरिएको छ ।

    यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ । चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ ।

    २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

    कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

    कोरोनाभाइरस नियन्त्रण का लागि चीनले गरेका अनेकौँ प्रयासपछि यसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रम क्रमशः कम हुँदै गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई दिन यता यो सङ्ख्या ५० भन्दा कममा झरेको छ भने नयाँ सङ्क्रमित विरामी आउने क्रम पनि ह्वात्तै घटेको छ ।

    जटिल सङ्कटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यद्यपि मृतक र सङ्क्रमित सङ्ख्यामा हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन । चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा सङ्क्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ । चीनमा सङ्क्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

    अहिले सङ्क्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा सङ्क्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ । दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ । दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ ।

    शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप सङ्क्रमितको सङ्ख्या ५९४ पुष्टि भएसँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम ९केसीडीसी०का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन् । इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो । बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ ।

    कोरोना भाइरसका कारण अस्ट्रेलियामा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो । कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

    पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर उपचार गरिदैं आइए उनको आइतबार विहान निधन भएको हो। ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन् । उनकी पत्नीमा पनि परिक्षणका क्रममा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई पनि सुरक्षित तवरले उपचार गरिदैं आइएको छ ।

    वेस्ट अस्ट्रेलियाका स्वास्थ्य अधिकारी डा। एन्ड्रयू रोबर्टसनले मृत्युअघि ती व्यक्तिले आफ्नी पत्नीसँग कुरा गर्न पाएका थिए । कोरोनासंक्रमणबाट पहिलो मृत्यु भएपनि मानिसहरू डराउनुपर्ने अवस्था नरहेको उनले बताएका छन् । यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…