• फागुन २५, पथरी ।
    २०६९ सालमा आफ्नै गाउमा वस्ने सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार भएका मोरङको कानेपोखरी–७ का ३१ वर्षीय रामु गुरुङ ७ वर्ष पछि पक्राउ परेका छन् ।

    प्रहरीले घटना भएको लामो समयपछि उनलाई पक्राउ गर्न सफल भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालिका–३ बाट पक्राउ गरेको हो ।
    गुरुङले २०६९ साल कात्तिक १७ गते बेलुका सुस्त मनस्थितिकी ४५ वर्षीय महिलामाथि बलात्कार गरेका थिए । बलात्कार गरिरहेका बेला स्थानीय बासिन्दाले देखेपछि उनी भागेका थिए ।

    घटना लगत्तै भागेर भारत पुगेका उनी ५ वर्ष पछि नेपाल आएका थिए । भारतबाट फर्किएपछि विगत २ वर्ष देखि बेलबारीमा जग्गा दलालीको काम गरिरहेको सुचना पाएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गर्न सफल भएको डीएसपी गिरीले बताए ।
    भारतमा रहँदा पञ्जावको प्लाइउड फ्याक्ट्रिमा काम गरेको खुलेको गिरीको भनाइ छ ।
    घटना गराएपछि बिहे गरेर घरजम बसाएका उनी अहिले बेलबारीमा डेरा खोजेर श्रीमती र एक छोरीसहित बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

    घटनापछि भागेका उनी विरुद्ध प्रहरीले फरार प्रतिवादी बनाएर जवरजस्ती करणी मुद्दा चलाएको थियो ।
    जिल्ला अदालत मोरङले २०७४ साल जेठ १ गते बलात्कार घटनामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाए पनि गुरुङ पक्राउ परेका थिएनन् ।
    जवरजस्ती करणीमा पाँच र सुस्त मनस्थितिकी महिलामाथि करणी गरेकोमा थप पाँच गरेर गुरुङ विरुद्ध १० वर्ष कैद सजायको फैसला अदालतले गरेको थियो ।

    घटनापछि पक्राउ पर्ने डरले भारत पुगेको र नेपाल फर्किएर जग्गा दलाली गर्दै .गर्दा पक्राउ गरिएका गुरुङलाई आज आइतबार जिल्ला अदालत मोरङमा पेस गरिने डीएसपी गिरीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…