• फागुन २५, मोरङ ।
    प्रधानमन्त्री केपि शर्मा ओलीको नजिकको मान्छे हुँ भनेर पथरीमा ट्याँइट्याँइ गरि हिड्ने नेकपाका नेता युवराज बास्कोटाले भारतिय दुतावास बाट निशुल्क ल्याएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्ने गरेको खुलासा भएको छ ।

    ४ वर्ष अघि भारतिय स्वतन्त्रता दिवसका अवसरमा कर छुट सहित प्रतिष्ठानले को २ च १२५ नम्वरको एम्वुलेन्स ल्याएको थियो ।
    २६ अगष्ट २०१६ मा भारतिय दुतावासले आयोजना गरेको कार्यक्रममा टाटाको सुमो गोल्ड एम्वुलेन्स प्रयोजनका लागी दिइएको थियो ।
    २ वर्ष सम्म पथरीशनिश्चरेमा राखेर सेवा दिइए पनि २ वर्ष अघि वास्कोटाले सो एम्वुलेन्स विराटनगरको रुपा पराजुली ट्रष्टलाई भाडामा दिएका थिए ।

    एम्वुलेन्स चालक संघका अध्यक्ष समेत रहेका रुपा पराजुली ट्रष्टका संन्चालक चन्द्र पराजुली लाई वार्षिक १ लाख २५ हजार रुपैयाँमा वास्कोटाले भाडामा दिएका हुन् ।

    भारतिय दुतावासवाट अनुदानका रुपमा पाएको एम्वुलेन्स भाडामा दिएका वास्कोटाले सो एम्वुलेन्स संन्चालन गर्न नसकेरै भाडामा दिएको स्विकार गरेका छन् । ‘एम्वुलेन्स चलाउन नै धौ भयो वाध्य भएर भाडामा दिएको हो’उनले भने ।
    त्यसो त एम्वुलेन्स संन्चालन गर्ने कार्य्विधी विपरित वास्कोटाले एम्वुलेन्स भाडामा दिएको जानकारहरु वताउछन् ।
    वास्कोटाले ल्याएको एम्वुलेन्स रुपा पराजुलीलाई भाडामा लगाए पनि सो ट्रष्टका संन्चालक चन्द्र पराजुलीले विराटनगरका चिमोरीया थरका व्याक्तिलाई एम्वुलेन्स भाडामा लगाएको बताइएको छ ।

    एम्वुलेन्स संन्चालन निर्दे्शिका विपरित वास्कोटाले सामाजीक सेवामा लगाउनु पर्ने एम्वुलेन्स भाडामा लगाएर आर्थिक जोहो गरेको देखिन्छ ।
    पथरीशनिश्चरेका लागी भनेर कर छुट सहित ल्याइएको एम्वुलेन्स हाल विराटनगरको अस्पताल क्षेत्रमा संन्चालनमा रहेको छ ।
    तोकिएको स्थानमा एम्वुलेन्स संन्चालन गर्नु पर्ने कार्य्विधी रहे पनि त्यसलाई लत्याउदै बास्कोटाले एम्वुलेन्स व्यापारका लागी प्रयोग गरिएको देखिन्छ ।

    ग्रामिण भेगमा संन्चालनका लागी ल्याइएको सो एम्वुलेन्स विराटनगरमा भाडामा दिएर वास्कोटाले कमाउ धन्दा थालेको स्थानीयहरुले बताएका छन् ।
    बास्कोटा नेकपा प्रदेश नम्वर १ का कमिटी सदस्य समेत हुन । उनकै अगुवाइमा पथरी शनिश्चरेमा स्थापना भएको इन्द्रकमल वास्कोटा प्रतिष्ठानलाई भारतिय दुतावासले ४ वर्ष अघि प्रतिष्ठानलाई प्रयोजनका निशुल्क एम्वुलेन्स दिएको थियो ।

    प्रधानमन्त्री केपि शर्मा ओलीको निकटको मान्छे हुँ भनेर हिड्ने बास्कोटाले आफ्नै बुवा आमाको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । सो प्रतिष्ठानमा उनका आसेपासे, आफन्त र नजिकका मान्छे सदस्य छ्न ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…