•  

    कलैया, २५ फागुन

    पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।

    विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् ।

    गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…