• काठमाडौं । नयाँबानेश्वर स्थित एउटा फार्मेसीमा ‘माक्स छैन’ भन्ने बोर्ड छ । उक्त फार्मेसीमा मात्र नभएर थुप्रै फार्मेसीमा यस्तै बोर्ड टासिएको छ ।

    औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको फार्मेसी सञ्चालक बताउँछन् ।

    फार्मेसी सञ्चालकहरूले दुई तीन सातादेखि माक्स बेच्न नपाएको गुनासो गर्दै आएका छन् । कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले नलैजाने र एक बट्टामा ५० थान मास्क हुने हुँदा, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको उनीहरुको गुनासो छ ।

    उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ । काठमाडौंको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।

    यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्यान्ड सेनिटाइजर छैन । सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन । समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४० औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्यान्ड सेनिटाइजर छैन । सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ ।

    मूल्यमा मनपरी

    उपभोक्ताले भने जारमा मास्कको कालोबजारी सुरु भएको गुनासो गरेका छन् । कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्क मात्र नभइ नेपालमै उत्पादन हुने सर्जिकल मास्कमा समेत कालोबजारी सुरु भएको उपभोक्ताको गुनासो छ ।

    केही समयअघि १० रुपैयाँमा किन्दै आएको ‘युज एन्ड थ्रो’ मास्क अहिले ५० रुपैयाँमा किन्नुपर्ने र कतिपय अवस्थामा त्यो पनि पाउन छाडेको नयाँ बानेश्वरमा बस्दै आएका रमेश बोहराले बताए ।

    नेपालमा आवश्यकताको ७५ प्रतिशत माक्स चीनबाट आयातित् हुने भए पनि चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन । जसले नेपालमा माक्सको अभाव भइरहेको हो भने उपलब्ध माक्समा पनि कालोबजारी भइरहेको हो ।

    अनी मानवता ?

    कोरोना अहिले विश्वव्यापी समस्या बनिरहेको छ । यसको चुनौतिसँग लड्न विश्व नै एक भइरहेको छ । हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास ग¥यो भने यसको डटेर सामना गर्न सक्छौं ।

    बानेश्वरका लोकेश बडैला माक्स किन्न नजिकैको क्लिनिकमा गए । उनले बानेश्वर वरपरका थुप्रै क्लिनिक चहारे तर, कतै माक्स पाएनन् । निरास हुँदै उनले भने, ‘माक्समा कालोबजारी भयो । यस्तो महामारी फैलिदा पनि कालो बजारी गर्नु गलत हो । हामीमा मानवता नै रहेन ।’

    यस्तो महामारीमा पनि चरम कालोबजारी हुनुले लोकेश जस्तै मानवताको खोजि गर्नेको जमात ठूलै छ । मान्छेको जीवन भन्दा ठूलो केही छैन । त्यसैले सबैले सचेत बनेर कालोबजार गर्न नहुने उपभोक्ताको तर्क छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…