• काठमाडौं, २५ फागुन । सधैंभरि राजनीतिको शिखरमा चर्चामा रहने वामदेव गौतम पछिल्लो समयमा पनि मिडियामा भाइरल भए ।

    सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने एक जनाको नाममा उनलाई ल्याउने कि नल्याउने भन्ने विषयले बजार तात्यो ।

    बुधबार सपथ हुनुपर्ने थियो तर सरकारले कसैको पनि नाम सिफारिस नगरेकाले न त गौतम सांसद बने न त चर्चामा रहेका अर्का व्यक्ति डा.युवराज खतिवडा नै ।

    अर्थमन्त्री भएका अन्तिममा सञ्चारमन्त्रीको जिम्मेवारी पनि सम्हालेका खतिवडालाई बुधबार मन्त्रीको सपथ गराइएको छ ।

    संविधानले सांसद नै नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था गरेको छ ।

    अन्तिममा पनि खतिवडा सिफारिस नभएमा पनि उनले अगामी आर्थिक वर्षको बजेट भने ल्याउने छन् ।

    प्रधानमन्त्रीका विश्वासपात्र भएकाले युवराजलाई आफू फेरि पनि राष्ट्रिय सभामा आउँछु भन्नेमा ढुक्क छन् ।

    प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाको निर्वाचन गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जनाको नाम मनोनीत गरेर पठाए पनि ओलीले नमानेका कारण उनीहरु सांसद बन्न पाएनन् ।

    सरकारले मनोनीत गर्ने भनेपनि कुन सरकारले र कुन प्रक्रियाबाट मनोनीत गर्ने भन्ने व्यवस्था संविधानमा स्पष्ट नभएकाले यो विषय पनि विवादित बनेको थियो ।

    बर्दियाबाट प्रतिनिधि सभाको निर्वाचन हारेका वामदेव गौतमले जसरी भए पनि आफू प्रधानमन्त्री बन्नुपर्ने अडान लिएपछि उनीमाथि विभिन्न प्रहार भएको थियो ।

    राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न नपाउने भएपछि संविधान संशोधन गर्नका लागि नेकपाले बनाएको कार्यदलले पनि कुनै काम गरेन ।

    एक व्यक्तिको लागि संविधान नै संशोधन गर्नु उपयुक्त नहुने कार्यदलले निश्कर्ष निकालेको थियो ।

    नेकपा सचिवालयले गौतमको पक्षमा निर्णय गरे पनि ओली र अर्का एक सदस्यले मानेका थिएनन्, आलोचनामा उल्लेख छ ।

    सरकारले पार्टी कि पार्टीले सरकार चलाउने भन्ने विषय पनि पछिल्लो समयमा निकै चर्चामा रह्यो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…