• काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुलाई चक्रिय व्याज लगाएर ठग्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

    भारतको पञ्जाव नेशनल बैंक समेतको प्रमुुख साझेदारी रहेको एभरेष्टले सोही नेपाल राष्ट्र बैंकको नीतिहरुको समेत धज्जी उडाउँदै ग्राहक ठग्दै आएको छ ।

    श्रोतका अनुुसार बालाजुका एक ग्राहकले एभरेष्ट बैंकबाट पाँच वर्षअघि २० लाख रुपैयाँ घर कर्जा लिएका थिए ।

    उक्त समयमा बैंकले एक प्रतिसत सेवा शुल्क समेत लिएर ति ग्राहकलाई बार्षिक नौ दसमलव २५ प्रतिसत व्याजमा कर्जा उपलब्ध गराएको थियो ।

    ति ग्राहकका अनुसार कर्जा लिएदेखि नै बैंकले धेरै पटक ब्याज बढाई सकेको छ । बैंकले बढाएको व्याजको जानकारी ग्राहकको मोवाइलमा म्यासेज मार्फत पठाउथ्यो ।

    अहिले तीन ग्राहक संघ बैंकले बार्षिक १३ दसमलव ६८ प्रतिसतको दरमा व्याज उठाउँदे आएको छ ।

    ऋणीलाई बैंकले पाँच वर्षको अवधिमा कर्जाको ब्याजदर घटबढ भएको भनेर एक पटक पनि फोन गरेको थिएन ।

    श्रोतका अनुसार यही बुधबार भने बैंकले ऋणीलाई फोन गरेर ‘कर्जाको ब्याजदर घट्दैछ, ब्याजदर घटाउने हो भने साँवाको एक प्रतिशत शुल्क बुझाउन बैंकमा आउनुहोस भन्यो ।

    सो पश्चात ऋणीले यसमा विषयमा बैंकमा फोन गरेर विस्तृत विवरण बुझ्न खोजे ।

    बैंकक कर्मचारीले ती ग्राहकलाई २० लाख रुपैयाँ सावाँको एक प्रतिशत अर्थात् २० हजार रुपैयाँ बैंकमा नबुझाएसम्म घटेको ब्याजदर तपाईंले लिएको कर्जामा लागू गर्न सक्दैनौं भन्ने जवाफ दिए ।

    सो पश्चात कर्जाको ब्याजदर घटाउन कुन शिर्षकमा साँवाको एक प्रतिशत तिर्नुपर्छ भनेर ऋणीले सोधे ।

    ‘स्पेसल ट्रम्स एण्ड कन्डिसन अनुसार तपाईंले लिएको कर्जाको एक प्रतिशत शुल्क बैंकमा बुझाउनु पर्नेहुन्छ,’ बैंकका कर्मचारीले ऋणीलाई जवाफ दिए, ‘अनिमात्र घटेको ब्याजदर तपाईंको कर्जामा लागू हुन्छ ।’

    बैंकका कर्मचारीले ऋणीलाई कार्यलयमा बोलाए । ऋणीले केही दिनपछि आउने जवाफ दिए । यो एभरेष्ट बैंकका एउटा ग्राहकले भोगेको पीडा हो । एभरेष्ट बैंकमा यस्ता पिडा भोग्ने धेरै ग्राहकहरु रहेका छन् ।

    बैंक तथा वित्तीय संस्थाको नियमकारी निकाय नेपाल राष्ट्र बैंकमा केही दिन यता एभरेष्ट बैंकले ठगी गरेको भन्दै गुनासो पर्न थालेको आधारमा पनि एभरेष्ट बैंकमा यस्ता ग्राहक कति छन् अनुमान लगाउन सकिन्छ ।

    बैंक तथा वित्तीय संस्थाबाट पीडितले राष्ट्र बैंकको गुनासो शाखामा गुनासो गरेमा त्यसको अनुसन्धान गरी राष्ट्र बैंकले सुनुवाई गर्दै आएको छ ।

    सोही आधारमा एभरेष्ट बैंकको बिषयमा धेरै नै गुनासाहरु आएकाछन, सोही आधारमा हामी कारवाही प्रकृया अगाडि बढाउँछौ, राष्ट्र बैकका उच्च अधिकारीले भनेकाछन ।

    बैंकले अतिरिक्त शुल्क भनेर केही पनि लिन यदि कुनै पनि बैंकले यस्ता प्रकारका शुल्क ऋणीसँग असुली गरेको पाइएमा त्यो बैंक कारवाहीमा पर्छ, राष्ट्र बैंकले भनेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…