काठमाडौं । करिब २ हप्ता अघि नेपालबाट अस्ट्रेलिया फर्केका एक २० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना संक्रमण देखिएको ाहो । उनको परिचय भने गोप्य राखिएको छ ।
उनी फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया फर्किएका थिए । उनी नेपालबाट सिंगापुरको ट्रान्जिट हुँदै अस्ट्रेलियाको सिड्नीबाट होर्बाट पुगेका थिए ।
अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीले हाल उनको उपचार आइसोलेसनमा राखेर गरिएको जानकारी दिएका छन् । यससँगै तास्मानिया २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।