• काठमाडौं – नेपाली कांग्रेसका लोकप्रिय नेता डा. शेखर कोइरालाले कांग्रेस पार्टीमा भागबण्डाको राजनीति गलत प्रवृत्ति रहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन सिरहाले आईतबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा. कोइरालाले भागबण्डा मिल्दा ठीक र नमिल्दा बेठीक हुने प्रवृत्ति राम्रो नभएको बताए ।

    ‘भागबण्डा मिल्यो भने ठीक, नमिले बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु,’ उनले भने ।

    अहिले गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र गलतलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा बताउँदै नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    कोइरालाले आगामी महाधिवेशनबाट देउवाको विकल्प खोजिने बताए । आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिन कोइराला परिवार तयार रहेको बताउँदै डा. कोइरालाले भने, ‘महाधिवेशनको तयारीमा कोइराला परिवार एकढिक्का छ, आगामी महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।’ कोइराला परिवारबाट उम्मेदवार हुने युवा नेतृत्वले कांग्रेसको सभापति बनेर पार्टीलाई नयाँ ऊर्जा दिने उनले खुलासा गरे ।

    आफू, डा. शशांक र सुजातामध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनले बताए । ‘कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, ३ जनामध्ये जो बढी ‘पपुलर’ हुन्छ, उही उम्मेदवार बन्छ,’ उनले भने ।

    कम्युनिस्ट सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको बताउँदै डा. कोइरालाले संसदा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयक लोकतन्त्र र संविधानको भावना विपरीत आएको दाबी गरे ।

    पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एकढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…