• फागुन २६, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने प्रचलन छ । तर यसवर्ष होलीलाई हर्षोल्लासका साथ मनाउन नपाइने भएको हो ।

    कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै सरकारले यसपटकको होलीलाई उत्सवका रूपमा नमनाउन आग्रह गरेको छ । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएकामा होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

    होली मनाउन पाइन्छ तर, पानी र रङ प्रयोग गर्न पाइन्न

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारसँग मिलेर होली मनाउन निशेध नगरिएको बताए । 'होलीमा पानी र रङ प्रयोग नगर्न आग्रह गरिएको हो', प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने- 'परिवार र साथीभाईसँग होली मनाउन पाइन्छ तर भीडभा गर्ने होहल्ला गर्ने अरुलाई पानी छ्याप्दै हिड्न पाईंदैन ।’

    आम मानिसमा होली खेल्न रोक लगाएको हो कि भन्ने भ्रम परेको भन्दै प्रमुख जिल्ला अधिकारी दाहालले एकै पटक धेरै ठूलो समूहमा हिड्नु भएन, कन्सर्ट नगर्न र पानी अरुलाई छ्याप्न निषेध गरिएको जानकारी दिए । साथै उनले सभ्य भएर होली खेल्न पाउने समेत स्पष्ट पारे ।

    जबर्जस्ती लोला हान्नेलाई पक्राउ गरिने

    प्रहरीले होलीका दिनमा हुन सक्ने सम्भावित चुनौती कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २२ सय बढी प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाको होली सुरक्षाका लागि तीनै जिल्लामा गरी २२ सय बढी प्रहरी खटाइएको हो ।

    जसअनुसार काठमाडौंमा १३ सय, ललितपुरमा ५ सय तथा भक्तपुरमा ४ सय प्रहरी छन् । त्यसबाहेक सडकमा ट्राफिक प्रहरीसमेत उल्लेख्य रूपमा परिचालन गरिनेछ । उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् ।

    यसपटकका लागि होली पर्वलाई उत्सवका रूपमा मनाउन निषेध गरिएको महानगरीय प्रहरी प्रमुख (डीआईजी) विश्वराज पोखरेलले बताए । जबर्जस्ती रूपमा रङ दल्ने, लोला पानी हान्ने गरेको पाइए प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्ने उनको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…