•  

    फागुन २६, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ ।

    विश्‍वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । रोजगारमा जाने नेपाली कामदारको लागि कतार प्रमुख गन्तव्यमध्येको एक हो ।

    कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । उक्त निर्णय आज (मार्च ९)बाट कार्यान्वयनमा आएको छ ।

    सोमबार बिहानसम्म कतारमा १५ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेको छ । यसअघि कतार एयरवेजले इटालीमा हुने दुईतर्फी उडान बन्द गरिसकेको छ । कतारमा करिब ४ लाखको सङ्‌ख्यामा नेपाली कार्यरत रहेका छन् ।यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…