•  

    सबै तस्विरहरू मकालु खबरः सीआर बस्नेत/सागर बाबु भट्ट



    फागुन २६, काठमाडौं । हरेक वर्ष आउने फागू पूर्णिमा अर्थात् होलीका दिन काठमाडौंमा उल्लास छाउँछ । हुल जम्मा हुने, एकअर्कामा रंग दल्ने, पानी छ्याप्ने, पीच्का, लोला, बेलुन हान्ने गरिन्छ ।

    होहल्ला उतिकै हुन्छ । विभन्न संघसंस्थाहरु ठुल्ठुला कार्यक्रम गरी होली खेलाउने गर्छन् । काठमाडौं लगायत पहाडी जिल्लाका हरेक गल्लीमा लोला हान्न मानिस कुरेर बस्ने, समूहमा होली खेल्न हिँड्ने गर्छन् । छुट्टै चहलपहल हुन्छ । प्रहरीलाई हुल नियन्त्रणमा लिनै हम्मे पर्छ ।


    तर यो वर्ष भने काठमाडौंका हरेक गल्ली सुनसान छन् । होली खेल्ने मानिसहरुभन्दा प्रहरीहरु ज्यादा देखिन्छन् । प्रहरीलाई पनि सहज भएको छ । होलीमा भीड हुने काठमाडाैंकाे बसन्तपुरमा समेत यो वर्ष भीड कम छ पहिलेको तुलनामा ।

    काठमाडौंको बानेश्वर, दरबारमार्ग, बबरमहल, त्रिपुरेश्वर पनि सुनसान छ । फाट्टफुट्टको संख्यामा मात्रै देख्न सकिन्छ होली खेल्नेहरु ।

    यो वर्ष किन कम भयो होली खेल्नेको संख्खा ?

    चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ४० भन्दा बढी देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना संक्रमणकाे खतरा रहेको देशहरुको सूचीमा राखेको छ ।

    नेपालमा कोरोना संक्रमित बिरामी नभेटिए पनि सतर्कता स्वरुप नेपाल सरकारले सभा सम्मेलन नगर्न, होली नखेल्न, भीड जम्मा नहुन आग्रह गरेका कारण यो वर्ष होली खेल्नेको संख्या घटेको हो । चिकित्सकहरुले पनि कोरोना संक्रमणको सम्भावना रहेकाले होली नखेल्न आग्रह गरिरहेका छन् ।

    तीन दिनअघि सार्वजनिक चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांक अनुसार कोरोना संक्रमणबाट गएको शुक्रबार बिहानसम्म ३ हजार ३८३ को ज्यान गइसकेको छ भने विश्वभर ९७ हजार ९४७ जना संक्रमित छन् ।

    चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान हो। त्यहाँ क्रमश १४८ र १०७ को मृत्यु भएको छ। इटालीमा ३ हजार ८५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ३ हजार ५१३ संक्रमित छन्।

    त्यस्तै दक्षिण कोरियामा शुक्रबारसम्म ६ हजार २ सय ८४ जना संक्रमित छन् भने ४२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी अमेरिकामा आजसम्म २१ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने कोरोना संक्रमित भेटिएका छैनन् । कोरोना आशंकामा अस्पताल धाउनेको संख्यामा भने वृद्धि भएको पाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…