• नयाँदिल्ली, २६ फागुन । एक आठ वर्षीया बालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार मात्र गरिनन् कि सोंच्न वाध्य बनाउने प्रतिक्रिया समेत दिएकी छन् ।

    भारतमा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित ८ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी हुन् ।

    भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया कन्गुजमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरेन्द्र मोदीले ट्वीटरमार्फत दिएको सम्मान अस्वीकार गरेकी हुन् । सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार पाएकी कन्गुजम पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय छिन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसका अववसरमा भारतले सरकारले विभिन्न क्षेत्रमा क्रियाशील महिलाको नामै उल्लेख गरेर सम्मान प्रकट गर्ने क्रममा कन्गुजमको नाम पनि उल्लेख गरेको थियो । त्यसमा प्रतिक्रिया दिंदै कन्गुजमले यस्तो लेखेकी छन्, ‘प्रिय नरेन्द्र मोदीजी, यदि तपाईं मेरो आवाज सुन्नु हुन्न भने कृपया मलाई बधाई नदिनुहोस् । प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नु भएकोमा धन्यवाद । कैयौं पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरें ।’

    उनले अगाडि लेखेकी छन, ‘प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन । यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस् । मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनका रूपमा उपयोग नगर्नुहोस् । म तपाईंका पक्षमा छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…