•  

    काठमाडौं । यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् ।

    योसहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना यूएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…