• काठमाडौँ, २७ फागुन । विश्वमा म’हा’मा’रीको रुपमा फैलिएको कोरोनाका कारण नेपालीहरुको पनि जनजीवन प्रभावित बनेको छ । कोरोनाको मा’हा’मा’री नेपालमा पनि फैलिहालेमा के कसो गर्ने भन्ने बारेमा पुर्व तयारी केहि भएको छैन । उल्टो कालो बजारी मौलाएको अवस्था छ । यस बारे सरकार भने मुकदर्शक बनेर बसिरहेको छ ।

    बजारमा सामान्य भन्दा सामान्य बस्तु मास्कको अभाव भएका बेला सरकारले मास्क समेत आफ्ना नागरिकलाई उपलब्ध गराउन सकेको छैन ।

    यसै बिषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक संजाल ट्विटरमा आफ्ना कुराहरु राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोनाको जोखिम उच्च अवस्थामा रहेका बेला सरकारको ध्यान अन्यत्र मोडिन नहुने बताएका छन् । उनले भनेका छन्, ‘दैनिक उपभोग्य वस्तु तथा सेवाको सहजताका लागि सरकारका संयन्त्र चनाखो भएको देखिएन ।’

    समस्याका समयमा भएको सानो असावधानीले पनि ठूलो मूल्य चुकाउनु पर्ने स्थिती आउन नदिन बेलैमा सचेत हुनु जरुरी रहेको उनको बुझाइ छ । पुर्वराजा शाहको ट्विट जस्ताको त्यस्तै तल पढ्नुहोस् –

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…