मोरङ । फागुन महिना लागेयता पूर्वी नेपालमा हरेक दिनजसो आगलागीका घटना भईरहेका छन । ती घटनामा लाखौँको धनमाल नष्ट भएको छ । हावाहुरी चल्ने याम भएकोले पनि यो समयमा आगालागीको घटना धेरै हुने गर्दछन् ।
तर स्थानीय तहले यस्ता घटना भइहाले नियन्त्रण गर्ने तयारी गरेको पाइँदैन । अधिकां स्थानीय तहमा दमकल छैनन । भएका पनि त्यतिकै थन्किएका छन । आगो निभाउन चाहिने मुख्य साधन वारुणयन्त्र सबै स्थानीय तहमा छैन् । यस्तै भएका बिग्रिएर थन्किएका छन् । कतै जनशक्तिकै अभाव छ ।
समयमै वारुणयन्त्र नआउँदा प्राय आगालागीले ठु्लो क्षती पुर्याएको हुन्छ । विराटनगर महानगरका ४ वटा मध्ये २ वटा वारुणयन्त्र बिग्रिएको छ । यहाँ जनशक्तिको पनि अभाव रहेको छ । झापाको मेचीनगरको वारुणयन्त्रण कहिलेकाँही पूर्वी पहाडी जिल्ला ताप्लेजुङसम्म पुग्नु पर्छ । मोरङको सुन्दरहरैचाको एम्बुलेन्सले ईटहरीदेखि उर्लाबारी सम्म भ्याउनुपर्ने अबस्था छ भने बेलबारी नगरपालिकाले केही महिना अघि खरिद गरेको दमकल जनशत्ति अभावमा थन्किएको छ ।