काठमाडौं । चीनको वुहानबाट अढाइ महिनाअघिदेखि फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९) चीनमा नियन्त्रणतिर आए पनि इटाली र इरानमा भने बढ्दै गइरहेको छ ।
बुधबार बिहानसम्म ११५ देशमा कोरोना फैलिसकेको छ । अहिलेसम्म ४ हजार २६२ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय चीनमा मृतक र कोरोना संक्रमितहरु कम हुँदै जाँदा इटालीमा भने बढेको बढ्यै छन् ।
इटालीमा मंगलबार रातिसम्म ४६३ जनाको ज्यान गएकामा अहिले त्यो संख्या ६३१ पुगेको छ ।
संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने ८० हजार ७५८ संक्रमित छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ उदगम स्थल वुहान पुगेर मंगलबार कोरोना नियन्त्रणमा आएको ंसंकेत गरेका छन् ।
उनले उद्घोष गर्नमात्र बाँकी रहेको तर्क गरिएको छ । इटालीले देशका सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।
इटालीपछि सबैभन्दा बढी इरानमा २९१ जनाको ज्यान गएको छ । कोरियामा ५४, स्पेनमा ३५, फ्रान्समा ३३, अमेरिकामा २३, जापानमा १० जनाको मृत्यु भएको छ ।
इरानमा ८ हजार ४२ संक्रमित छन् । कोरियामा ७ हजार ५१३ जना संक्रमित छन् ।
छिमेकी भारतमा ६१ जना संक्रमित भएका छन् ।
नेपालमा एक जना संक्रमितलाई निको भएको छ । अन्यलाई देखिएको छैन ।