•  

    झापा । नोबेल शिक्षण अस्पताल बिराटनगरले झापाको कञ्चनकवलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शिविर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नेता सिटौलाले स्वास्थ्य शिविरबाट गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाईदा पुग्ने धारणा राखे ।

    नेपाली कांग्रेस कचनकवल गाउँ समितिसँगको समन्वयमा सञ्चालित शिविरबाट २ हजार ३ सय २५ बिरामीले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । शिविरमा सामान्य शल्यक्रियासमेत गरिएको छ । आँखामा समस्या भएका १३ जना र शरिरमा गाँठागुठी पलाएका ११ जनाको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा ४ सय ४३ जनाको भिडियो एक्सरे, ४ सय ११ जनाको ल्याव टेष्ट र २ सय ५३ जनाको ईसीजी गरिएको छ । बिरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधिपनि निःशुल्क वितरण गरिएको थियो ।

    गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । केहि दिन अघि भोजपुर र संखुवासभामा पनि शिविर सञ्चालन गरी हजारौं बिरामीको निःशुल्क उपचार गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…