• किगाली, २८ फागुन । चीनको वुहानबाट गत डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण विश्वका ११९ देशमा फैलिइसकेको भए पनि अहिलेसम्म एउटा पनि संक्रमण पुष्टि नभएको अफ्रिकी मुलुक रुवान्डाले कोभिड–१९ को संक्रमणबाट बच्नका लागि आवश्यक कदम चालिसकेको छ ।

    राजधानी किगालीमा संचालित यात्रु बसमा हात नधोई चढ्न नपाइने नियाँ बनाएको छ । जसका लागि बसपार्कमा यात्रुहरुलाई हात धुनका लागि विशेष व्यवस्था गरिएको छ ।

    रुवान्डाको द न्यु टाइम्सका अनुसार रुवान्डाको यस कदमलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडानोम गेब्रेयससले पनि प्रशंसा गरेका छन् । महानिर्देशक गेब्रेयससले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ को रोकथाम र नागरिकलाई सुरक्षित राख्ने यो निकै प्रभावकारी कदम हो । रुवान्डाको तारिफयोग्य कार्य ।’

    https://twitter.com/NewTimesRwanda/status/1237048775526547456?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1237048775526547456&ref_url=https%3A%2F%2Fnpkhabar24.com%2Farchives%2F181593

    कोभिड–१९ को संक्रमणबाट बुधबार दिउँसोसम्म ४ हजार ३ सयको मृत्यु भइसकेको छ । त्यस्तै एक लाख १९ भन्दा बढीमा संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये ६६ हजारभन्दा बढी निको भइसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…