•  

    अर्जुन जम्नेली राई
    मोरङ । कोरोना भाइसरको त्रास बढिरहेको बेला विभिन्न समाग्रीहरुमा कालो बजारी हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ, नेपाल पथरीशनिश्चरे नगरसमितिको आयोजनामा बुधबार पथरी बजार अनुगमन भएको छ ।

     

    संघको आयोजनामा भएको अनुगमनमा नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, संघको मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, जिल्ला सदस्यहरु मनि लिम्बू, भक्त राई, नगर संयोजक सुमन वनेम लिम्बू, सहसंयोजक वनीन कार्की, पार्टी जिल्ला सदस्य जीवन खतिवडा लगायतको सहभागिता थियो ।

    टोलीले पथरी बजारको सुदिप मेडिकल, मोरङ अस्पताल, पथरी अस्पताल तथा १० वटा औषधि पसलहरुमा पुगेर मास्क, सेनेटरी प्याड, ग्लोब लगायत सामाग्रीहरु बिक्री वितरण बारे बुझेका थिए ।

    जसमध्ये मोरङ अस्पतालले आफूहरुसँग पाँच सय मास्क भएको र चलेकै मूल्य अनुसार एक जनालाई एउटा १० रुपैयाँमै विक्री गरेको बताएका थिए । अन्य अस्पताल र औषधी पसलहरुमा भने यी समाग्री नभएको सञ्चालकहरुले जानकारी दिए । सञ्चालकहरुले मास्क सर्टेज भएको र कतै पाइर विक्री गर्नु परेपनि महंगो नगरिने बताएका थिए ।

     

    त्यसैगरी राष्ट्रिय युवा संघ, नेपाल लेटाङ नगर समितिले पनि बुधबारै बजार अनुगमन गरेको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए । लेटाङ नगर समितिको संयोजक इन्द्र ढकाल, सहसंयोजक उर्गेन तामाङ, महिला नेतृ शान्ति पाख्रिन लगायतको सहभागिता रहेको थियो । संघले कोरोना भाइरसको कारण त्रास फैलिएर संकट परेको बेला कुनै पनि समान महंगो मूल्यमा विक्री नगर्न व्यावसायिहरुलाई अनुरोध गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…