उर्लाबारी । मोरङको उर्लाबारी–७ दुर्गा टोलकी १४ बर्षीया बालिका मन्सुरी सवाना मियाले घरमै झुण्डिएर आत्महत्या गरेकी छिन् ।
मुस्ताक मियाकी छोरी मन्सुरीले ढोका अगाडि सलको पासो लगाई बुधबार साँझ ५ः४५ बजे आत्महत्या गरेकी हुन् । मन्सुरीले ढोकामा चुकुल लगाएर कोठाभित्र आत्महत्या गरेकी थिइन् । उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने मन्सुरीले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
मन्सुरीले विद्यालयबाट फर्किएपछि स्कुल ड्रेसमै आत्महत्या गरेकी छिन् । मन्सुरीको शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको छ भने घटनाका बारे अनुसन्धान भइरहेको उर्लाबारी प्रहरीले जनाएको छ । उर्लाबारी वडा नं. ७ मा यो महिनाभित्र तीन जनाको आत्महत्या गरिसकेका छन् ।