•  

    काठमाडौं । जीवन र मरणको दोसाँधमा गत सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली स्वास्थ्यलाभ गरी यसै साता निवास फर्कँदैछन् । करिब ७० वर्ष उमेरको वृद्ध, रोगी र जीर्ण शरीरमा दोस्रोपटक मृगौला प्रत्त्यारोपण सफलता साथ सम्पन्न हुनुलाई निकै ठूलो उपलब्धिका रूपमा चिकित्सकहरूले लिएका छन् ।

     

    प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरेकोमा सिंगो मुलुकमा खुुसी छाएको छ, तर एकाध दर्जन व्यक्तिहरू मर्माहत भएको बुझिएको छ । समाचार स्रोतका अनुसार नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा बढी मर्माहत भएका छन् । यो प्रकरणमा प्रचण्डको आफ्नै अनुमान र उनका इर्दगिर्दका मान्छेहरूले सुनाएको कुरा झुटो ठहरिएको छ । प्रचण्डलाई इर्दगिर्दका मान्छेहरूले भनेका थिए– ‘अब ओली जीवित फर्कँदैनन्, प्रधानमन्त्री तथा पार्टी अध्यक्षका रूपमा मुलुकले तपाईको सक्रीय भूमिकाको अपेक्षा गरेको छ ।’ प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेको सुँइको पाउनासाथ प्रचण्डले राजनीतिक भेटघाट तीब्र बनाएका थिए । यो अवधीमा उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत अन्य दलका केही नेताहरूसँग भेट गरेका थिए । राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अवधारणा आफूले ल्याएको उनले सुनाएका थिए ।

     

     

    मिर्गाैला प्रत्यारोपणपछि आफू स्वस्थ हुने कुरामा ढुक्क रहेको प्रधानमन्त्री ओलीले बताइरहेका थिए । तर भित्री रूपमा भने उनी पनि ढुक्क थिएनन् । प्रत्यारोपणको दिन नजिकिँदै गर्दा उनले आफ्ना भाषणहरूको संग्रह ‘भिजन नेपाल’ प्रकाशन गरे । देशवासीका नाममा भिडियो क्लिप निर्माण गरे । ६९ औं जन्मदिवस आफ्नै जन्मघरमा गएर मनाउने निर्णय मात्रै गरेनन्, आफ्नो नाममा फाउन्डेसनसमेत निर्माण गरी आफू जन्मेको गाउँमा ठूलो कृषि अनुसन्धान केन्द्र निर्माण प्रक्रिया अघि बढाए ।

     

     

    स्वास्थ्य अवस्था कमजोर बनेसँगै पार्टीभित्र पनि प्रधानमन्त्री ओलीको पकड कमजोर हुँदै गएको थियो । ओलीकै निगाहमा पटकपटक मन्त्री बनेका तथा लाभको पद हासिल गरेका कतिपय नेता तथा कार्यकर्ताहरू अर्का अध्यक्ष प्रचण्डको दैलोमा भीड लाग्न थालेका थिए । जसका कारण ओली पार्टीको सचिवालयदेखि तृणमूलसम्मका सबै संगठनहरूमा अल्पमतमा परेका थिए ।
    एमसीसी सम्झौता संशोधन गर्ने र वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत कोटामा लैजाने सचिवालयको निर्णयमा ओली करिब करिब एक्लै परेका थिए ।

     

     

    परिस्थिति आफ्नो प्रतिकूल हुँदा जाडोयामको सर्पझैं गुडुल्किएर बस्ने, परिस्थिति अनुकूल हुँदा प्रचण्ड गर्मीयामको गोमन सर्पका रूपमा प्रकट हुने ओलीको स्वभावलाई सबैभन्दा बढी नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले नियालिरहेका छन् । त्यसैले स्वास्थ्यलाभ गरेर फर्केपछि ओलीको निसानामा अब को को पर्ने हुन् ? नेकपाभित्र लेखाजोखा सुरु भएको छ । समाचार स्रोतका अनुसार आफूले सबैभन्दा ठूलो धोका प्रचण्डबाट पाएको महसुस ओलीले गरिसेकका छन् । वामदेव प्रकरणपछि ओलीले आफ्ना निकटस्थहरूसँँग टिप्पणी गर्दै भनेका थिए– ‘आँपको रुखमा आँपको हाँगो कलमी गर्न किन नहुने ? भनेर प्रचण्डलाई पार्टीमा मिसायौं, तर एेंजेरु पो परेछ ।’ स्रोतका अनुसार ऐंजेरुलाई काटेर फाल्ने अभियानमा प्रधानमन्त्री ओली छन् । तर ऐंजेरु फाल्दा रुखका केही हाँगासमेत काट्नुपर्ने हुन्छ । काटेर फाल्नुपर्ने हाँगाहरू कुन कुन हुन् ? भन्ने पहिचान अब प्रधानमन्त्री ओलीले गर्ने भएका छन् ।

     

     

    स्रोतका अनुसार वामदेव गौतम, केशव स्थापितलगायतको समूह प्रचण्डसँग सति जाने निश्चित भइसकेको छ भने माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरू दोधारमा छन् । र, पार्टीभित्र मियो बनेका छन् । यता, प्रचण्डसँगै समाहित भएका तत्कालीन माओवादीका करिब २५ प्रतिशत नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओली समूहसँग नियमित सम्पर्कमा भएको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार तत्कालीन माओवादीबाट प्रत्यक्ष निर्वाचित ३६ जना सांसदमध्ये प्रचण्डसँग २५ जना छन् । समानुपातिक १७ जनामध्ये प्रचण्डसँग १४ जना छन् । तर ४० प्रतिशत पु¥याउनलाई कम्तीमा ६६ सांसद चाहिन्छ । वामदेव समूहले कति सांसद जुटाइदिने हो ? टुंगो छैन ।

     

     

    झलनाथले अन्तिम अवस्थामा प्रचण्डको साथ छाड्ने बुझिएको छ । माधवकुमार नेपाल भने आफूले अध्यक्ष तथा प्रधानमन्त्रीमध्ये एक पद पाउने भए मात्रै प्रचण्डको साथमा लाग्ने तयारी गरेको बुझिएको छ । माधव नेपालले साथ दिएको अवस्थामा भने प्रचण्डको ४० प्रतिशत मात्रै होइन, बहुमत नै पुग्न सक्छ, स्रोतको दाबी छ । यो अवस्थामा ओली धरापमा पर्छन् । तर प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष बनाएर आफू कार्यकर्ताका रूपमा रहन माधव नेपाल तयार छैनन् । यता ओलीले आफू पछि स्थान दिने भन्दै माधव नेपालकहाँ विशेषदूतहरू पठाएका थिए ।

     

     

    ओलीको स्वास्थ्य अवस्थाको संकट टरे पनि राजनीतिक संकट भने टरिसकेको छैन । विगतमा धेरै नै पेलिएका कारण माधव नेपाल पक्ष ओलीसँग सजिलै सकारात्मक हुने अवस्था छैन । यो कुरा बुझेका प्रधानमन्त्री ओलीले अब आफ्नो रणनीतिको दोस्रो फर्मुला प्रयोग गर्ने समाचार स्रोतले जनाएको छ । दोस्रो फर्मुलाअन्तर्गत ओलीले अब आफ्ना विश्वासपात्रलाई पदभन्दा पैसाको जोहो गरिदिने र प्रचण्ड तथा माधव नेपाल पक्षमा रहेकाहरूलाई मन्त्री तथा अन्य राजनीतिक पद दिएर आफूतिर आकर्षित गर्दैछन् । साथै, प्रचण्डविरुद्ध आर्थिक नाकाबन्दी लगाउने तयारी ओलीको छ ।

     

     

    प्रचण्डले कुन कुन व्यापारीहरूलाई पैसा लगानी गरेका छन् ? भन्ने सबै लिस्ट उनी निकटस्थ निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र अर्थमन्त्री डा.युवराज खतिवडाले दुई महिना पहिले नै तयार गरिसेका थिए । अब यो लिस्टमा रहेकाहरूलाई अनेक झमेला लगाइदिने रणनीतिमा ओली पक्ष जुटिसेको छ । साथै, मेलम्ची खाने पानी आयोजना प्रकरणमा प्रचण्डकी बुहारीसमेत रहेकी मन्त्री विना मगरले २५ करोड रुपैयाँ घुस मागेको अडियो आफूसँग सुरक्षित भएको तत्कालीन सचिव गजेन्द्र ठाकुरले सार्वजनिक गरेका थिए । ठाकुरलाई राजदूत बनाउने आश्वासन दिएर उक्त रेकर्ड प्रधानमन्त्री ओलीको टिमले आफ्नो खल्तीमा ल्याइसकेको बुझिएको छ ।

     

     

    ‘मुलुकको राजनीतिक स्थायित्व तथा विकृति अन्त्यका लागि प्रचण्डरूपी फोहरलाई बढारौं’ भन्ने अभियानका साथ ओली पक्ष अघि बढ्ने संकेत देखिएको छ । यो संकेत देखिएपछि प्रचण्डका अघि ४० प्रतिशत पु¥याएर पार्टी विभाजनबाहेक अर्को विकल्प हुँदैन । पहिलो कुरा त, ४० प्रतिशत पु¥याउनै सक्ने अवस्था छैन, यदि पु¥याइहाले पनि त्यो ४० प्रतिशतले उनी प्रधानमन्त्री बन्न सक्दैनन् । नेपाली कांग्रेसको विश्वास उनले गुमाइसकेका छन् । बरु २०५५ सालको जस्तै मूलधार र कांग्रेसबीच गठबन्धन भएर चुनावी सरकार बन्न सक्छ । त्यतिबेला वामदेव गौतमको जे हालत भएको थियो, प्रचण्डको पनि त्यही हालत हुनसक्छ । ४० प्रतिशत पु-याउन नसक्ने अवस्थामा माधव र झलनाथलाई प्रधानमन्त्रीको र वामदेवलाई पार्टी अध्यक्षको हरियो घाँस देखाएर ओलीविरुद्धको खेलकुद अघि बढाउने रणनीति प्रचण्डले अघि सार्ने निकट स्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…