• चीनको वुहान सहरबाट सुरु भएको प्राणघातक सरुवा रोग कोरोनाभाइरसको महामारी विश्वभर फैलिइसकेको छ । मार्च ८ सम्ममा विश्वका ८० देशमा यो महामारी फैलिएको छ । महामारीबाट ३४ सयको मृत्यु भइसकेको र एक लाखभन्दा बढी संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सौभाग्यवश हाम्रो मुलुक अहिलेसम्म कोरोनामुक्त छ, तर ढुक्क हुने अवस्था भने छैन । उत्तरी सीमा जोडिएको चीन यो रोगको उद्गमस्थल भइहाल्यो, दक्षिणी सीमा जोडिएको भारतमा पनि यो रोग देखापरिसकेको छ ।

     

    बन्द सीमा तथा आवतजावतमा कडाइ भएका कारण चीनतर्फबाट यो महामारी नेपाल प्रवेश गर्ने सम्भावना न्यून छ, सावधानी अपनायौं भने मात्रै पुग्छ, तर दक्षिणको छिमेकी मुलुक भारतसँग खुला सिमाना छ, आवतजावतमा कुनै रोकतोक छैन । दैनिक लाखौं नेपाली खुला सीमामार्फत भारत प्रवेश गर्छन् । यसरी नै दैनिक भारतीयहरू नेपाल प्रवेश गर्छन् । जतिसुकै सावधानी अपनाए पनि भारतबाट नेपालमा कोरोना प्रवेश गर्ने सम्भावनालाई टार्न सकिन्न । चीन र भारतबाहेकका तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गर्ने भनेको केही अपवादबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हो । मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण तेस्रो मुलुकका यात्रुहरूलाई निगरानीमा राख्न सजिलो छ । तर यति सजिलो काम पनि सरकारले गरेको छैन ।

    कोरोनाको जोखिमलार्ई लक्षित गर्दै सरकारले नेपाल भ्रमण वर्षका सन्दर्भमा विदेशमा प्रचार प्रसार गर्ने कार्यक्रम स्थगित गरेको छ । यो सराहनीय पक्ष हो । तर विदेशबाट नेपाल आउनेहरूप्रति निगरानी अझै पुगेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्क अत्यन्त फितलो रहेको कुरा आफैले भोगेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताइसकेका छन् । पहिलो कुरा त, अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्क अत्यन्त प्रभावकारी बनाउनुप¥यो । दोस्रो कुरा, खुला सीमाबाट तेस्रो देशका नागरिकलाई आउन दिनुभएन । अत्यावश्यकीय कामका लागि नेपाल आउन चाहनेहरूले सम्बन्धित मुलुकको चिकित्सकबाट कोरोनामुक्त रहेको प्रमाण साथै ल्याउनुपर्ने व्यवस्था गर्नुप¥यो । यसैगरी, आन्तरिक व्यवस्थापनका लागि पनि धेरै गृहकार्य गर्नु जरुरी देखिएको छ ।

     

     

    पहिलो कुरा त, भीडभाड कम गर्नुपर्छ । राजधानी काठमाडौं अत्यन्त भीडभाड भएको ठाउँ हो । त्यसमा पनि दैनिक चार लाख मान्छे काठमाडौं आउँछन्, यति नै मान्छे काठमाडौं बाहिरिन्छिन् । अत्यावश्यकीय कामबाहेक अन्य कामका लागि काठमाडौं नआउन सरकारले नागरिकहरूलाई अपिल गर्नुप¥यो । गर्मी मौसममा कोरोनाभाइरस फैलन नसक्ने चिकित्सकहरूले बताएको सुनिएको छ । यदि यो कुरा सत्य हो भने कम्तीमा एक महिनाका लागि राजधानी काठमाडौंका स्कुल कलेज बिदा गर्नुप¥यो । अत्यावश्यकीय कामका लागि मात्र कार्यालय खोल्ने अरु कार्यालयलाई बिदा दिनुप¥यो ।

     

    राजधानी काठमाडौं बाहिर घर हुनेहरूका लागि केही सामान्य खर्चपर्चको व्यवस्था गरी गाउँ जान प्रोत्साहन गर्नुप¥यो । राजधानी काठमाडौं उपत्यका छेउछाउका कम बस्ती भएका क्षेत्रमा खुलेका रिसोर्टहरू केही महिनाका लागि बन्द गरी त्यो ठाउँमा विरामी राख्ने आइसोलेसन सेन्टर निर्माण गर्नुप¥यो भन्ने हाम्रो सुझाव छ । साविकका अस्पतालहरूमा कोरोनाका बिरामी भर्ना गर्दा झन् जोखिमयुक्त हुन्छ । स्वास्थ्य अवस्था कमजोर रहेका व्यक्तिहरूमा कोरोनाको संक्रमण भयो भने मृत्यु हुने सम्भावना अधिक रहेको चिकित्सकहरूले जनाएका कारण साविकका अस्पतालमा कुनै पनि हालतमा कोरोना संक्रमितलाई उपचारका लागि राख्न हुन्न ।

     

     

     

    जुुनबेला एन्टिबायोटिक औषधि बनिसकेको थिएन, मलेरिया र क्षयरोगको औषधि बनिसकेको थिएन, त्यो बेला सरुवा रोग फैलिन नदिनका लागि नेपालका आफ्नै परम्परागत विधिहरू थिए । खासगरी राजधानी काठमाडौंमा तराईबाट आउनेका लागि बस्तीभन्दा केही पर सतलहरूको निर्माण गरिएको हुन्थ्यो । उनीहरू करिब एक साता सोही सतलमा बस्नुपथ्र्यो, त्यतिन्जेल उनीहरूलाई दैनिक एक एक चम्चा असुरोको झोल खान दिइथ्यो । त्यतिन्जेल ज्वरो देखापरेन भने मात्रै उनीहरूलाई प्रवेश दिइन्थ्यो । यो प्रक्रिया करिब एक वर्ष बेलायत बसेर आएका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका हकमा पनि अपनाइएको थियो । धार्मिक अन्धविश्वास भनिए पनि पुर्खाहरूले अपनाएको यो विधि कति वैज्ञानिक रहेछ ? भन्ने अहिले पुष्टि भइसकेको छ । गाउँघरतिर पनि सरुवा रोग लागेका विरामीका निम्ति केही परपाटी तथा सतल बनाउने परम्परा थियो ।

     

     

    कोरोनाका बिरामीहरूसँग सम्पर्कमा रहनेहरूलाई १३ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकहरूले बताएका छन् । तर हाम्रा पुर्खाहरूले १३ दिनसम्म काजकिरिया गर्ने प्रचलन परापूर्वकालमै बसाएका रहेछन् । मृतकका सबैभन्दा नजिककालाई रोग सर्ने सम्भावना भएकाले उनीहरूलाई केही दिनसम्म अलग राख्ने विधिअन्तर्गत १३ दिने काजकिरियाको प्रचलन सुरु भएको हुनसक्छ । यो अत्यन्त वैज्ञानिक संस्कार रहेछ भन्ने कुरा अहिले पुष्टि भयो, तर हामीले अन्धविश्वास हो कि भन्ने ठान्यांै । त्यसैगरी कुन कुरा खान हुने ? कुन कुरा खान नहुने ? खानै परे कसरी खाने ? भन्ने हाम्रा आफ्नै संस्कारगत विधि छन् । यस्ता विधिलाई हामीले अन्धविश्वास तथा रुढीवाद भन्दै पन्छाउन थाल्या, तर गल्ती गरेका रहेछौं ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…