• काठमाडौं । अर्थमन्त्री पदलाई देशको आवश्यकता र जनताको आवश्यकता, चुनावी घोषणा पत्रको मर्मविपरीत प्रयोग गरेका डा.युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको एजेन्डामा घुलमिल हुनै सकेनन् ।

    प्रधानमन्त्री ओलीले माओवादी मन्त्रीहरुलाई असफल बनाउन सकेको असहयोग गरे । उनका सल्लाहकारहरुले गरेको चाकडीकै भरमा समृद्धि र विकासको योजना सफल भएन ।

    किसानलाई सताउने चिनी मिल, तरकारीमा सिन्डिकेट लगाउने बिचौलियालाई समेत डा.युवराजको अर्थतन्त्रले कारबाही गर्न सकेन । नेतृत्व उनको दुई वर्ष असफलतामा रमाएको छ ।

    पार्टीका योजनाबाट खतिवडा टाढा छन् । गरिबलाई डसेर आफैं धनी हुने सामन्तवादले पनि कम्युनिष्ट शासनलाई बदनाम बनायो ।

    अर्थमन्त्रीका रुपमा खतिवडालाई ल्याउँदा प्रधानमन्त्री ओलीले विचार गरेनन्, ओलीलाई निवाचित प्रधानमन्त्री हुनु थियो । उखान टुक्काले देश विकास हुँदैन भन्ने हेक्का भएन ।

    त्यही कारण उनले वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणको ढाकछोप गरे । ११ अर्बको सेक्युरिटी प्रेस खरिदमा तत्कालीन मन्त्रीले २७ अर्ब रकम तोकेर गर्न सुरु भएको भ्रष्टाचारको भण्डाफोर भयो ।

    तर, ओलीको समृद्धिले लाज मानेन । विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्था नेकपाको सरकारप्रति सकारात्मक भएनन् भन्ने जान्दाजान्दै तिनै संस्थाका दलालहरुलाई अर्थ मन्त्रालय सुम्पनु नै मुलुकको सेयर बजार ओरालो लाग्नु हो ।

    जहाँ लगानी बढ्दैन, त्यहाँ कसरी समृद्धि र विकासले अग्रता लिन्छ ? खतिवडाप्रति प्रधानमन्त्री ओवलीको अनुराग र जिद्धीले न त राजस्व उठ्छ न त खर्च भयो ।

    केन्द्रले दिएको बजेट प्रदेशले खर्च गर्न नसक्ने, प्रदेशले दिएको बजेट स्थानीय तहले खर्च नगर्नु नै नेकपाको बदनाम भएको हो । आफूलाई मनपरी भत्ता र सुविधा लिन जनप्रतिनिधिले देशका दुई सय ५३ स्थानमा लुट चलाएका छन् ।

    इन्धन खर्चको नाममा ठूलो हिस्सा डुबेको छ । देशमा कम्युनिष्टको सरकार छ । तर, यही सरकारले तस्करलाई छुट दिएको छ । राज्यलाई कर नतिर्ने ठूला ठालुहरुलाई नै सांसद बनाइएको छ ।

    ठेकेदार सांसद, शिक्षा माफिया सांसद र मेडिकल माफिया प्रधानमन्त्रीका विश्वासी भएका छन् । नेपालका किसानको दूध सडकमा पोख्न लगाउने तर भारतीय पाउडर दूध भित्र्याएर किसानलाई दबाउने दलालहरुप्रति कटाक्ष जसले गर्यो, उही प्रधानमन्त्रीको रुचिमा परेन ।

    जसले नेपाली युवाको तस्करी गर्यो, पैसा ठग्यो, उसलाई दण्डित गर्न खोज्दा मन्त्री खोसिएको नेपालमा प्रधानमन्त्री ओलीको रहर पूरा गर्ने जनभावना पूरा नहुने विचित्र भयो ।

    अहिले नेकपाभित्र चलेको अन्तरद्वन्द्वले सरकार पक्षलाई जनताको नजरमा बदनाम बनाउने काम भइरहेको छ । पार्टीमा गुटको खेती मौलाएको छ । प्रधानमन्त्री ओलीले गुटबाहेकलाई महत्व दिएकै छैनन् ।

    आफ्नै दलालहरुले उनको पदमा धमिरा सल्काएका छन् । नीतिगत भ्रष्टाचारले देश जर्जर छ । वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसमेतले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नीतिगत लुटको विरोध गरेका छन् तर सुनुवाई भएको छैन ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल ओली र माधवको लडाइँमा मौन छन् । राजनीतिमा चलाख केपीले आफूबाहेक कसैलाई मौका दिँदैनन् । माधव नेपाल र वामदेव गौतमलाई पालैपालो पेल्दै आएका प्रधानमन्त्री आफ्नै योजनाबाट टाढा छन् ।

    राजनीतिक नियुक्ति ओली गुटबाहेक अरुले पाएका छैनन् । पार्टीको हितमा सबै लाग्नुपर्ने फाइल ओली गुटबाहेक कसैले लिन नपाउने ओलीवाद चम्केको दुई वर्ष भयो । सरकार असफल र प्रधानमन्त्रीले गुट चम्काउन सफल भएको बेला हो यो । यही बेला असफल भए पनि डा.युवराजलाई अर्थमन्त्री बनाइएको छ, ताजा खबरमा उल्लेख छ ।

    राजस्व तोकेको मापदण्डमा उठेन । उनैले अंक घटाएका छन् । प्रधानमन्त्रीका अनुसार कालो धन्दा चलाउने विनोद चौधरी, अजय सुमार्गी, उपेन्द्र महतोहरुले डा.खतिवडालाई हटाउन खोजेका छन् । उनीहरुलाई चुनौती दिन सांसद नभए पनि अर्थमन्त्री बनाइएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…