फागुन २९ काठमाडौं । कोरोनाको आशंकामा काठमाडौंका दुई अस्पतालको आइसोलेसन वार्डमा ६ जना भर्ना भएका छन् ।
कोरोना भाइरसको आशंकामा ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।