• एजेन्सी, २९ फागुन । आफ्नो देशमा कोरोना भाइरसको प्रभाव समाप्त भएको चीनले दाबी गरेको छ । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जानकारी दिएको हो।

    विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महा मारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो। केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उद्गमस्थल हुपेइको वुहान शहर पुगेका थिए।

    चीनमा कोरोनाले संक्रमित र मृतकको संख्या घट्दै जाँदा सी वुहान पुगेका थिए। उनले वुहानमा पुगेर हुपेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए। कोरोना भाइरसका कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृ त्यु भइसकेको छ।

    दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृत कको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृ त्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्। गएको २४ घण्टामा चीनमा ११ को मृ त्यु हुँदा १८ संक्रमित थपिए। यो दर अन्य देशको भन्दा न्युन हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…