• विराटनगर । कोरोना भाइरसको त्रास फैलिएपछि एक नम्बर प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि मोरङ र सुनसरीमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।

     

    प्रदेश सरकारले मोरङको लेटाङ नगरपालिकामा पर्ने टाडी र सुनसरीको श्रीलंकाटप्पुमा क्वारेन्टाइन स्थान तयार गर्ने भएको हो । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पहिलो चरणमा टाडीमा रहेको सैनिक क्याम्पको जमिन र कोशी नदीका बीचमा रहेको श्रीलंकाटप्पुमा क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताए । आवश्यक परे अन्य क्षेत्रमा पनि क्वारेन्टाइन स्थापना हुनेछ ।

     

    कोरोनाको सम्भावित जोखिमलाई नियन्त्रण गर्न प्रदेश १ ले उच्च सतर्कता अपनाएको मुख्यमन्त्री राईले बताए । कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि प्रदेश सरकारले बिहीबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो । छलफलपछि मुख्यमन्त्री राईले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताए ।

     

    प्रदेश सरकारले कोरोना भाइरस भित्रिए संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पोशाक र अतिरिक्त भत्ता दिने निर्णय गरेको छ । कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि सीमा क्षेत्रमा र विमानस्थलहरूमा हेल्प डेस्क स्थापना गर्ने र शंकास्पद विरामीलाई क्वारेन्टाइनमा राखिने एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…