काठमाडौं । वैदेशिक रोजगारीका लागि जानेहरुलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने तयारी सरकारले गरेको छ ।
कोरोनाभाइरसका कारण यस्तो निर्णय गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा तत्कालका लागि श्रम स्वीकृति बन्द गर्ने विषयमा छलफल भएको भए पनि निर्णय भने भएको छैन ।
“छलफल भएको हो, निर्णय भएको छैन,” श्रम मन्त्री रामेश्वर राय यादवले बाह्रखरीसँगको कुराकानीमा भने, “हामीले आज मन्त्रालयमा थप छलफल गरेर कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय गर्नेछौं । तर अहिले निर्णय भइसकेको छैन ।”