• काठमाडौं । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड- १९ भएको पुष्टि गरिएको छ ।

    मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "मन्त्री पिटर शुक्रबार बिहान उठ्‍ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड-१९ भएको पुष्टि गरिएको हो ।"

    डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्‍विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो ।

    "क्‍विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ । र म उहाँहरुको सुझावलाई मान्‍न तयार छु । मैले अहिले आराम महसुस गरिरहेको छु । आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु," मन्त्री डुटोनले भने ।

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण बढ्दै जाँदै पूर्व सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । - सीएनएन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…