काठमाडौं, ३० फागुन । १९ फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
उनलाई साइनोमा भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी दुई दिन अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
डिस्चार्ज दिनुभन्दा अघि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।
https://www.facebook.com/setopati/videos/2650561431842007/?t=0