•  

    काठमाडाैं, फागुन ३०


    नेपालमा अहिले हिउँद सकिएर न्यानो सिजन सुरू हुने बेला भएको छ। त्यसमाथि दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ। कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ।

    संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ- कतै मलाई पनि कोरोना भाइरसको संक्रमण त भएन।

    तपाईंलाई देखिएका लक्षण रुघाखोकी, मर्की वा कोरोना भाइरस के-को हुन सक्छ भनेर कसरी थाहा पाउने त?

    https://youtu.be/BOeiJNvGK9o

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यी तीनै रोगका प्रारम्भिक लक्षणहरू छुट्याएको छ। उक्त वर्गीकरणअनुसार रुघा, मर्की र कोरोना भाइरसका केही समान लक्षण छन्।

    रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन्।

    उदाहरणका लागि, तपाईंलाई हाछ्यूँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक टालिएको छ भने, त्यो कोरोना भाइरसको लक्षण होइन। यी कुनै पनि लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिँदैनन्।

    त्यस्तै कोरोना भाइरस हुँदा प्रायः टाउको दुख्ने वा वाकवाकी लाग्ने पनि हुँदैन।

    त्यसो भए कस्तो लक्षण देखियो भने कोरोना भाइरस हो कि भनेर सचेत हुने त?

    तपाईंलाई हाछ्यूँ आउने, नाक बग्ने-टालिने केही पनि समस्या छैन तर सुख्खा खोकी लागिरहेको छ भने तपाईं सचेत हुनुपर्‍यो।

    सुख्खा खोकीसँगै तपाईंको सास छोटो भएको छ, ज्वरो आएको छ र सास फेर्न कठिन छ भने तपाईं तुरुन्तै डाक्टरकहाँ जचाउन जानुस्। किनकी यी कोरोना भाइरसका लक्षण हुन्।

    कोरोना भाइरसमा कहिलेकाहीँ जिउ दुख्ने र थकान लाग्ने पनि हुन्छ। यस्तोमा तपाईं सचेत हुनुपर्छ।

    तर यति हुँदैमा कोरोना भाइरस नै हो भनेर नआत्तिनुस्। किनकि मर्की (फ्लु) लाग्दा पनि जिउ दुख्ने र थकान लाग्ने हुन्छ। त्यस्तै मर्कीमा ज्वरो पनि आउँछ।

    तर मर्कीमा सास छोटो-छोटो हुने वा सासै फेर्न मुश्किल हुने भने हुँदैन। त्यसैले सास फेर्न गाह्रो हुने र ज्वरो एकैपटक देखिएको छ भने त्यो कोरोना भाइरसको लक्षण हुने धेरै सम्भावना हुन्छ।

    तपाईंमा यी लक्षण देखएका छन् भने तुरून्त जचाउन जानुस्। अरूका नजिक नजानुस्, तुरुन्तै मास्क प्रयोग गर्नुस्।

    https://youtu.be/BOeiJNvGK9o

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…