• प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।

    डिस्चार्ज हुँदा उनले कुनै प्रतिक्रिया भने दिएनन्।

    प्रधानमन्त्री ओली पूर्णरूपमा स्वस्थ रहेका पत्रकार सम्मेलनमार्फत् चिकित्सकले बताएका छन्।

    प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

    उनको स्वागतका लागि संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

    उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत अस्पताल पुगेका हुन्।

    मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली बालुवाटार फर्किंएका छन्।

    प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…