• मोरङ । लेटाङ बजारको गीतमा दुइ भाइ बैनीले राम्रो अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । बाल कलाकार सर्वज्ञान कोइराला र गुन्जन माझीको अभिनय गहकिलो देखिएको छ । पछिल्लो समय पुर्वेली लोकगीत बजारमा सुस्ताउँदै गएको अवस्थामा रंग पत्रकार भोला ‘रुमाल फाटी गो’ शब्द संगीतमा उक्त गीत बजारमा आएको हो । पुर्वको उत्तरी मोरङ लेटाङ र भक्तपुरमा खिचिएको गीतमा पुर्वकै गाउँठाउँलाई गीतमा समेटिएको छ ।

    यसअघि पुर्वै मोरङ, धरान भेडेटार, म त मरेको मान्छे, लडेँ झाँडीमा जस्ता पुर्वेली गीतहरु शब्दमा कारेका अधिकारीले केही गीतमा संगीत तथा भिडियो निर्देशन समेत गरिसकेका छन् । यो पछिल्लो गीतमा पनि उनको आफ्नै निर्देशन तथा अभिनयमा रहेको छ ।
    ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको यस गीतको भिडियोमा सर्वज्ञान कोइराला, गुञ्जन माझी ,विनिता राई, बद्रि पौडेल, भोला अधिकारी र विएन नेपाल को अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केबी भण्डारीको छ ।

    पुर्वका विभिन्न गाउठाउँलाई समेटिएको उक्त गीतमा गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको छ । उक्त गीतको भिडियो पनि पुर्वमै छायाँकन गरिएको गीतकार अधिकारीले बताए । हालै सार्वजनिक उक्त गीतमा सानैमा छोडेको मायालुलाई रुमालमार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन अधिकारीले नै गरेका हुन् ।

    https://www.youtube.com/watch?v=diILGLsEQBE&feature=emb_logo

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…