• विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा दुई बिरामी कोशी अस्पतालबाट धरान रेफर भएका छन् ।

     

    दुई दिनअगाडि विदेशबाट आएका दुई व्यक्तिलाई कोरोनाको आशंका गरी कोशीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरेको हो । बिरामीको पहिचान गोप्य राखिएको छ ।

     

    कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रका अनुसार कोरोनाको आशंकामा उनीहरूलाई धरान रेफर गरिएको हो । काेशी अस्पतालमा आइसाेलेसन वार्ड तयार भएकाे छैन् । संकास्पद विरामी भेटिए पनि आत्तिनु पर्ने अवस्था नरहेकाे चिकित्सकहरूले बताएका छन् ।
    यसैगरी कोशी अस्पतालले कर्मचारी, चिकित्सक र बिरामीका लागि आफै सेनिटाइजर तथा मास्क उत्पादन गरेको छ ।

     

    बजारमा मास्क र सेनिटाइजरकाे अभाव भएपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारक सेनिटाइजर उत्पादन गरेकाे डा. मिश्रले बताइन् । ती सामाग्री अस्पतालका चिकित्सक र सेवाग्राहीले प्रयाेग गर्ने डाक्टर मिश्रले बताइन् । अस्पतालले परिसरभित्र हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरेको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…