•  

    काठमाडौं । जनताले विश्वास गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ ।

     

    लोडसेडिङ हटाउन राम्रो काम गरेको भन्द घिसिङको प्रशंसाद भएको थियो । जनस्तरबाट प्रशंसा पाएका घिसिङमाथि संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएपछि जनताको विश्वामाथि धक्का लागेको छ ।

     

    लेखा समितिद्वारा गठित उपसमितिले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटाला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

     

    डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिका संयोजक एवम् कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले नेपाल विद्युत प्राधिकरणको वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारीविरुद्ध ९ अर्ब घोटालामा मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिएका छन् ।

     

    उपसमितिले आफ्नो प्रतिवेदन शुक्रबार मूल समितिमा पेश गरेको छ । डा.रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरू तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य थिए ।

     

    साउन ५ गते गठन भएको उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमतिमताबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ ।

     

    प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरूसँग पटक–पटक छलफल गरेपछि यो प्रतिवेदन तयार पारिएको छ ।

     

    लोडसेडिङ भएका बेला ०७२ सालमा उद्योगीहरूको आग्रहमा प्राधिकरणले नियमित शुल्कमा थप ६० प्रतिशत शुल्क तिर्ने गरी २० घण्टाभन्दा बढी बिजुली उपलब्ध गराएको थियो ।

     

    उद्योगले नियमित बाहेकको थप शुल्क नतिरेपछि समितिले छानबिन गरेको छ । प्राधिकरणकै मिलेमतोमा उद्योगीहरूले अतिरिक्त शुल्क नतिरेको दावी समितिको छ ।

     

    प्राधिकरणकले चैत २८ गते २०७२ भदौदेखि ७५ चैतसम्मको छुट विद्युत महसुल बिल बापतको रकम बुझाउन दुई सय ५० भन्दा बढी उद्योगलाई ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो ।

     

    प्राधिकरणको पत्रविरुद्ध उद्योगीहरू उच्च अदालत पुगेपनि अदालतले विद्युत प्राधिकरणको विनियमावली अनुसार छुट गर्न नमिल्ने भएकाले तोकिएको महसुल तिर्न आदेश दिएको थियो ।

     

    डेडिकेटेड फिडर र ट्रंक लिंकको बक्यौताबारे अध्ययन गर्न ऊर्जासचिव दिनेश घिमिरेको संयोजकत्वमा सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले पनि छानबिन गरिरहेको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…