• चैत १, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा मिर्गौला पत्यारोपण गरी शुक्रबार बालुवाटार निवास फर्किएका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन् ।

    प्रम ओलीसँगको भेटमा प्रचण्डले उनलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई दिएको र शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

    प्रम ओलीले फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका थिए । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। प्रत्यारोपणको १० दिनपछि प्रधानमन्त्री ओली हिजो डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।

    प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…