• आइतबारदेखि भारतले सबै सीमा नाका बन्द गर्ने तर नेपाललाई कुनै असर नपर्ने , कोरोना भाइरसको विश्वब्यापी महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

    भारतीय गृह मन्त्रालयको फरेनर्स भिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिब समिप अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरुको आवतजावत प्रभावित नहुने स्पष्ट पारेको छ । भारतले नेपालका चारसहित चार मूलुकका २० नाकाबाट विदेशी यात्रुहरुको आवागमन बन्द गर्नेछ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्बजनिक गरेकै दिन भारतले नेपाली र भूटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो ।

    नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका लागि यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ । भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्र बन्देज लगाइएको हो । नेपाली नागरिकका हकमा यसले फरक पार्दैन । याे खबर आजकाे नयाँ पत्रिका दैनिकमा रहेकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…