• उर्लाबारी । लोकतान्त्रिक नेवा खल उर्लाबारी नगर समितिले उर्लाबारीका टीका श्रेष्ठलाई ११ हजार ५ रुपियाँ नगद सहयोग गर्ने भएको छ ।
    श्रेष्ठ मिर्गौला रोगबाट पीडित भई उपचाररत हुनुहुन्छ । शनिबार निर्वाचित पदाधिकारी, प्रमुख अतिथि मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, क्षेत्रीय सभापति खड्गबहादुर फागो, नगर सभापति वीरवल थापा लगायतले श्रेष्ठको उपचारका लागि सहयोग गर्नु भएको हो । सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिने नेवा खलका सञ्चार संयोजक किशोर श्रेष्ठले बताउनु भयो ।

    उर्लाबारी नगरपालिकाका मेयर फागोले स्टेजबाट आफ्नो भाषणमा नै टिका श्रेष्ठको लागि सक्दो सहयोग गरौं भनेर अनुरोध गर्दै आफुले पनि सहयोग गर्नुभएको थियो ।मेयर फागो को अनुसार पहिलो चरण ११ हजार ५ रुपैंया सहयोग उठेको र  सहयोगीदाता धेरै जना हुनुभएकोले थप सहयोग  संकलन गरेर हस्तान्तरण गर्ने योजना छ । उहाँले राजनितीक दलका नेता, बुद्धिजिवी देशविदेशमा हुनुहुने सहयोगीदाता सबैमा टीका सरको उपचारमा सहयोग पुर्याउन अपिल समेत गर्नुभयो ।

    उहाँले कांग्रेस सधै  जनताको दुख सुखमा साथमा रहेको बताउदैं सा कार्यकर्तालाई मानविय सेवामा पार्टी भन्दा उठेर सहयोग गर्नुहुन अनुरोध गर्नुभयो । मेयर फागोको अपिल सुनेपछि नेपाली कांग्रेसका मोरङ सभापतिले डिग बहादुर लिम्बूले  श्रेष्ठको उपचारका लागि २ हजार रुपैंया सहयोग दिनुभयो ।

    जीवन बचाई दिन अपिल !

    नमस्कार देश बिदेसमा रहेका मेरा सबै अाफन्तजनहरु, नेपाली दिदी बहिनी तथा दाजु भाइहरु एवं संपुर्ण जान जन्जन्जन फेसबुकका मित्र
    मेराे नाम टीका प्रसाद श्रेष्ठ हाे, घर उर्लाबारि ७, माेरङमा छ । म शिक्षण पेशा गर्दछु । मेराे मृगाैला बि.स. २०६० सालमा भारतकाे केरेलामा पहिला पटक प्रत्याराेपण गेरेर सामान्य रुपमा जीवन निर्बाह गर्दै आउँदा गत मिति २०७६ साल फागुन २७ गते उपचार गर्दा गर्दै पुनः मेराे मृगाैला खराब भएकाे डा.ले घाेषणा गर्नुभयाे । अबकाे उपचार पुन प्रत्याराेण भएकाेले म मृगाैला पुनः प्रत्याराेपण गर्न चाहन्छु तर यस्ताे कार्य गर्दा
    भारतमा आर्थिक खर्च नेपाली रु. ४००००००/- चालीस लाख जति लाग्ने रहेछ त्यसैले मैले यहाँबाट सकारात्मक उत्तरकाे आशा राख्दै याे निबेदन गर्दछु ।

    निबेदक
    टिकाप्रसाद श्रेष्ठ
    उर्लाबारि, माेरङ
    ९८४२०९१५३८/९८१०५४०००५
    हाल भारतमा छु
    ००९१८९७२६७८९१५/७४७९०५२२६७
    Bank account no.
    Tika Prasad Shrestha
    Nepal Investment Bank Ltd.
    Urlabari, Morang
    a/c. no. 05505050013927

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…