• मोरङ । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सर्वसाधारणमा सचेतना फैलाउन नेपाली काँग्रेस कानेपोखरीले कानेपोखरी प्रवेश हुने विभिन्न नाकामा आज माक्स वितरण गरेको छ ।
    विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बँच्न सर्वसाधारण जनतामा जनचेतना फैलाउने उद्देश्यले नेपाली काँग्रेस कानेपोखरीले माक्स बितरण गरेको आयोजकको भनाई छ ।

    आज विभिन्न नाकामा एक हजार पिस माक्स बितरण भएको छ । उक्त माक्स समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता देवेन्द्र लुईटेलले निशुल्क रुपमा उपलब्ध गराएका हुन् । नेपाली काँग्रेस कानेपोखरीले कोरोना सचेतना केन्द्रित गर्दै विभिन्न कार्यक्रम गर्ने पनि जनाएको छ ।

    नेपाली काङ्ग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरे को उपस्थितीमा सवार साधन आवत जावत गर्ने विभिन्न नाकामा महासमिति सदस्य जयराज संयोग, जिल्ला सदस्यहरु केदार बहादुर थापा, टंकेश्वरी याख्खा, हेमनारायण चौधरी, कृतिमान माधेन, राम मगर, कानेपोखरी सभापति योगेन्द्र दाहाल, क्षेत्रिय सदस्य दिपक च‌ौलागाई, कोपीला कार्की, हिम प्रसाद तिम्सिना, सन्तोस फुयाल, महिला संघ क्षेत्रीय उपासभापति कमला योन्जन सदस्य सोभा रिजाल, डिल्लिमाया बस्नेत लगायत विभिन्न भात्री तथा सुभेक्षुक संस्थाका पदाधिकारी लगायत काङ्ग्रेस जनको उल्लेखनियको उपस्थितीमा माक्स बितरण गरिएको थियो । सबैले देवेन्द्र लुईटेलको पहिलेका सामाजिक काम सम्झिदैं स्यावाशी दिए ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…