• उर्लाबारी । नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले नेवा खल एउटा शसक्त शुभेच्छुक संस्था भएको बताउँदै दुई तिहाईको शक्तिशाली कम्युनिष्ट सरकारलाई घुँडा टेकाउने संस्था लोकतान्त्रिक नेवा खल नै भएको भएको छ ।

    शनिवार मोरङको उर्लाबारीमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक नेवा खलको उर्लाबारी नगर स्तरीय प्रारम्भिक सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।

    उहाँले गुठी विधेयक सरकारले फिर्ता लिएको प्रसंग जोडेर भन्नुभयो– महत्वपूर्ण परिवर्तनमा नेवा खलले पु¥याएको भूमिका ऐतिहासिक र साहसिक छ ।
    सभापति  फागोले पार्टीमा गठन भएपनि संगठन कमजोर भएको चर्चा गर्दै समिति गठन गरेर मात्र संगठन बलियो नहुने उल्लेख गर्नुभयो । उहाँको भनाई थियो –अब आफन्त र नातेदारलाई क्रियाशील सदस्यता बाढेर चुनाव जित्ने थिति बन्द हुनेछ ।’लोकतन्त्र बलियो भयो भने मात्र जातीय संघ संगठन मजवु्द हुने उल्लेख गर्दै लोकतन्त्र र संघीयताको संस्थागत विकासका लागि सबै नागरिकको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

    नेवा खल उर्लाबारीका अध्यक्ष कुलबहादुर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा रुपा श्रेष्ठ,उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम खड्गी,नेपाली कांग्रेस मोरङ(१) क का प्रादेशिक उप सभापति वाजाहाङ राई,नेपाल महिला संघका केन्द्रीय सदस्य सीता कार्की लगायतका वक्ताले नेवा खललाई शुभकामना दिनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…