• पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

    शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि हात पारेको हो ।

    उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने अजित गोल गर्न असफल भएका थिए । उनको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए ।

    प्रतियोगितामा मनाङ अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक उत्कृष्ट रक्षक, नितिन थापा उत्कृष्ट मिडफिल्ड, अन्जन विष्ट उत्कृष्ट फरवार्ड र फुजा टोपे उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

    समान २ गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन, रुस्लान थ्री स्टार क्लबका सुशन श्रेष्ठ र आयोजक सहारा क्लबका त्रिदेव गुरुङ उच्च गोलकर्ता बने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…