चैत २, काठमाडौं । हाल पश्चिमी वायूको सामान्य प्रभाव रहेको हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागमा सामान्य बदली रहँदा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :-
चैत्र ०२गते (आईतबार)
दिउँसोः देशका पश्चिमी भू-भागमासामान्य बदली रहि बाँँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागकाथोरैस्थानहरूमामेघ-गर्जन/चट्याङ्गसहितवर्षाकोसम्भावना रहेको छ ।
रातीः देशकापहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
चैत्र ०३गते (सोमबार)
दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
चैत्र ०४गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।