• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विद्यार्थी नेताहरूलाई नियुक्तिमा प्राथमिकता दिएका छन् । उनले गरेका कतिपय नियुक्ति आलाकाँचालाई दिएको टिप्पणी नेकपा बृत्तमा हुने गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा पनि खारिएका चिकित्सकबाट नगरी सन्तोष पौडेललाई हतारमा नियुक्ति गरिएको प्रगतिशील खेमाकै डाक्टररहरूबीच चर्चा हुने गरेको छ ।

    १० तहका पुराना डाक्टर भोजराज ढकाल र नवीन पोखरेल हुँदाहुँदै केही दिनअघि मात्र बढुवा भएका पौडेललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

    त्यसैगरी स्वास्थ्य ब्यवसायी परिषदमा तत्कालीन एमालेमा रहेर पेशागत क्षेत्रमा लामो समय काम गरेका स्वास्थ्यकर्मीलाई नदिई नेकपामा योगदान नै नभएका पुष्पमणि खनाललाई अध्यक्ष बनाएका छन् । खनाललाई नेकपा महासचिव बिष्णु पौडेलको सिफारिसमा नियुक्त गरेको भन्दैआएका छन् । तर खनाल मन्त्री ढकालकै आफन्त भएको नेकपा निकट स्वास्थ्यकर्मीले पत्ता लगाएका छन् । मन्त्री ढकालका नातामा भान्जीज्वाई पर्ने खनालको नेकपामा विगतदेखि कुनै साइनो पनि छैन । यद्यपि उनकी भान्जी अप्सरा पाण्डे नेकपाको नर्सिङ फिल्डमा काम गर्दैआएकी हुन् ।

    त्यस्तै, वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको बोर्ड सदस्यमा विद्यार्थी नेतृ निशा अधिकारीलाई नियुक्त गरेका छन् । क्यान्सर अस्पतालमा अर्का बोर्ड सदस्यमा पनि विद्यार्थी राजनीतिमै सक्रिय रामप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको छ । भरतपुर क्यान्सर अस्पतालजस्तो ठाउँमा उनले आलाकाँचा विद्यार्थीलाई संचालक नियुक्त गरेको आरोप खेप्दैछन् । निशा अधिकारी तत्कालीन एमालेनिकट अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्ष थिइन् । उनी विद्यार्थी राजनीतिबाट अलग भएको १ बर्षमात्र भएको छ । त्यस्तै उनले विशुद्ध चिकित्सकहरूको मात्र काम हुने नेपाल मेडिकल काउन्सिलको सदस्यमा अखिलका पूर्वअध्यक्ष किशोरविक्रम मल्ललाई नियुक्त गरेका छन् ।

    मन्त्री ढकालले स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा भने निर्विवाद ढंगले गरेका छन् । परिषद्को सदस्य सचिवमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेका छन् । साँघु साप्ताहिक

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…