•  

    चैत २, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आज ‘भिडियो कन्फरेन्स’मार्फत छलफल हुँदैछ । उनीहरुबीच साँझ कोरोना भाइरस (कोभिड-१९)सँग कसरी जुध्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

    विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो । सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुनेछ ।

    सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड-१९)विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ । चिकित्सकको सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोनासविरुद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रस्ताव राखेका थिए । २०७१ सालमा १८औं शिखर सम्मेलनपछि सार्क शिखर सम्मेलन हुन सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…