कोरोना अपडेट : विश्वभर ५ हजार ८३९ जनाको मृत्यु, कति पुगे संक्रमित ?
विश्वभर नै भयवहरुपमा फैलदै गरेको कोरोना भाइरसका कारण विश्वभरमा ५ हजार ८३९ जनाको मृत्यु भइसकेको छ । १ लाख ५६ हजार ७४५ जनामा कोरोनाको संक्रमण फैलिएको छ । कोरोना भाइरस निको भएर घर फर्कनेको सङ्ख्या ७५ हजार ९३६ रहेको छ ।
बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । चीनपछि इटली सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो ।
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ :
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
लक्षणः
ज्वरो आउने
रुघा लाग्ने
सुख्खा खोकी लाग्ने
सास फेर्न गाह्रो हुने
घाँटी, टाउको तथा जिउ दुख्ने
झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– मास्कको प्रयोग गर्ने
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– नियमित साबुन पानीले हात धुने/हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने
कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्पष्ट पारेको छ ।
धरैजसो घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ भन्ने जिज्ञास सबैको मनमा उठ्ने गर्छ । कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ ।
निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ? भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ । यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।
त्यस्तै, नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ की सक्दैन ?
स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।
लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।
तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?
-तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ । तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ ।
के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छरु या युवाहरु पनि यसको जोखिममा पर्छ ?
-सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । वृद्धवृद्धा, दीर्घ रोगी ९ दम, मधुमेह, मुटुजन्य रोग ० लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ । त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ । यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ ।
कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?
-एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन । यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो । त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन । यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन् । किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ ।
कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध भएको छैन् । हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।
चिकित्सकीय सल्लाह
घरबाहिर निस्कँदा मास्क : सामान्य कपडाको मास्कले हुँदैन, सर्जिकल मास्क वा विशेष तरिकाले बनाईएको मास्क उचित हुन्छ । दारी पालेकाहरूलाई मास्क लगाउन अप्ठ्यारो हुन्छ, तथापि वैकल्पिक उपाय अपनाउनु पर्छ । प्रदूषित वातावरणमा त सल वा मफ्लरले नाक–मुख ढाक्नु पनि नहुनुभन्दा कामचलाउ उपाय पनि बेश हुन्छ ।
भीडभाडयुक्त स्थल वा सार्वजनिक यातायातलाई सकेसम्म पन्छाउने, होटलमा खान नजाने, अन्य व्यक्तिसँग स्वासप्रस्वासबाट प्रभावित (सास जुध्ने स्थिति) बाट बच्नु नितान्त जरुरी छ । संक्रमण फाटफुट रुपमा देखापर्न थालेको अवस्थामा घरबाट बाहिर ननिस्कनु र घरलाई किटाणुनासक औषधीद्वारा सुरक्षित राख्नु जरुरी हुन्छ ।
बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब १५ ग्राम काँचो लसुनसँग २ गिलास पानी पिउने, कागतियुक्त भोजन, प्याजको सेवन, बेलुकी सुत्नुअघि ४–५ वटा तुलसीको हरियो पात, ५ ग्राम बेसार, सानो चम्चाको आधा मेथीदाना, १० ग्राम अदुवा ठूलो एक कप पानीमा उमालेको काडा लिनु फाईदाजनक हुन्छ ।
कोरोना भाईरसलाई ठीक गर्नमा लसुन–पानी उपयोगी सिद्ध भएको अनुभव छ । हेक्का रहोस्, लसुन र प्याज प्राकृतिक प्रतिजैविक (नेचरल एन्टीबायोटिक) हुन् भन्ने प्रमाणित भएको छ । ताजा अमला चुस्ने, कागती–मह पानी (हट लेमन हनी) सेवन लाभदायक हुन्छ । अमला, कागती, सुन्तला जस्ता भिटामिन ‘सी’ प्रचुर पाईने फलको सेवनले रोग प्रतिरोध, आन्तरिक उपचार तथा बिमार छिटो निको हुने क्षमता (हिलिङ् पावर) बढाउँछ ।
विहान बेलुकी तातोपानीको वाफ लिनु फाईदाजनक हुन्छ । वाफ लिँदा जनजिब्रोले ‘भिक्स’ भन्ने बाम वा ‘सन्चो’ खालका तत्व मिसाउनुले कालान्तरमा फोक्सोलाई असर गर्न सक्छ । त्यसैले वाफ लिन उमालेको पानीमा यस्ता चिज मिसाउनु हुँदैन ।
उपयुक्त खाना : घरमै तयार गरिएको भेजिटेबल सुप, मुङको दाल, खिचडी, परम्परागत नेपाली खाना, भात, रोटी, ग्रीन सलाद आदि स्वस्थकर हुन्छ । लसुन, प्याज, नरिवलको तेलका साथ बनेका खाना, अल्मोन्ड बदाम, ओखर आदि चिजहरू उपयुक्त मानिएको छ ।
असुरक्षित खाना : वुहान (चीन) को समुद्री खाद्य बजार (सि फुड मार्केट) बाट उत्पन्न भएको चिकित्सकीय प्रमाण भएको यस महामारीमा केही खानेकुराहरूमा संयम अपनाउनु उपयुक्त मानिन्छ । आयातित खाद्यपदार्थ पाईने नेपालमा खासगरी राजधानीमा यस्ता असुरक्षित खानाबाट हाललाई टाढै हुनु उचित हुन्छ । जस्तो कि, समुद्री खाना (सि फुड) नखानु नै उचित हुन्छ । बजारमा किनिएका खाद्यपदार्थ मध्ये पोटास–पानीमा डुबाउन मिल्ने (मूला, गाजर, भन्टा, खुर्सानी, कागती जस्ता) सामग्री पोटास पानीमा डुबाएर खाने गरेमा धेरैवटा रोग वा महामारीबाट बच्न सकिन्छ ।
एक चिनिया महिलाले चमेरोको मासुले बनेको (ब्याट मिट) सुप खाएको कुरा सामाजिक सन्जालमा राखेको र उनलाई कोरोना भाईरस लागेको तथ्यले वैज्ञानिकहरूले यस्ता जङ्गली पशुपंक्षीको मासुजन्य खाद्य पदार्थलाई पनि सन्देहको घेरामा राखेर अनुसन्धान गरिरहेका छन् ।
विश्वस्वास्थ्य संगठन WHO को सल्लाह
साबुन–पानीले हात धोईरहने । पाएसम्म अल्कोहलमा आधारित किटाणुरहित गर्ने सामग्री पाईन्छ । त्यसको पनि उपयोग गर्ने । संक्रामक जिवाणु सबभन्दा छिटो हातमा आउने सम्भावना हुन्छ । हात सफा भए यो महामारीको संक्रमित हुने जोखिम कम हुन्छ ।
स्वास–प्रश्वासमा सावधानी : खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाक्नुपर्छ । यसो गर्दा कीटाणु वा जिवाणु फैलिन नियन्त्रित हुन्छ । खोक्ने वा हाच्छ्युँ गर्दा मानव तरलका ससाना कणहरू एक मिटर परसम्म उछिट्टिरहेका हुन्छन्, जसमा भाईरस वा जम्र्स् हुन्छन् । अतः खोक्ने वा हाच्छ्युँ गर्ने मानिसभन्दा कम्तिमा एक मिटर दूरीमा रहनु जरुरी हुन्छ ।
आँखा, नाक र मुखमा हात नलगाउने : हातमा अनेक प्रकारका भाईरस वा ब्याक्टेरिया रहिरहेका हुन्छन्, जो ईन्द्रियहरूबाट छिटो संक्रमित हुनसक्छन् ।
यदि ज्वरो आएको, खोकी र स्वासप्रश्वासमा समस्या वा छिटोछिटो सासफेर्नुपर्ने समस्या छ भने तुरुन्तै उपचारात्मक उपाय अपनाउनु पर्छ । कोरोना संक्रमित वा आक्रान्त क्षेत्रबाट आएको वा त्यस्ता क्षेत्रमा जानुछ भने आफ्नो उपचारक (डाक्टर वा स्वास्थ्यकर्मी) लाई बताउनु पर्छ । यदि यस्तो आवतजावत भएको छैन तर ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या वा रुघा लागेको छ भने घर बाहिर निस्कनु उचित हुँदैन ।
पशुपंक्षी वा माछा–मासु बजार वा अस्पताल जाँदा मास्क आदिको प्रयोग तथा उच्च सरसफाई अपनाउने : जनाबर वा माछामासु हातले छुँदा वा समाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्छ ।
चीनजस्तो मुलुकलाई समेत यो महामारीले आच्छुआच्छु पारिरहेको छ भने कोरियालाई चिन्तित बनाउन थालेको छ । नेपालमा एकदुई जनालाई फैलिएको अवस्थामा यो महामारीले कति विकराल रुप लेला भन्ने अनुमान गरेर पनि प्रत्येक व्यक्तिले यसविरुद्धको प्रतिरोधको क्षमता बनाउनु पर्ने जरुरी छ, यसको लागि ।