२०७६ चैत २ आइतबार
नयाँ दिल्ली । भारतमा नोबल कोरोनाभाइरस अर्थात कोभिड-१९ बाट संक्रमितको संख्या १०७ पुगेको छ ।
भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या १०७ पुगेको जानकारी दिएका छन् । जसमा ९० भारतीय रहेकोमा ९ जनाको उपचारपछि घर फर्किएको र दुईजनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा ३१ जना संक्रमित भएको र केरलामा २२ जना संक्रमित रहेको बताइएको छ । सरकारी तथ्यांकअनुसार भारतका विमानस्थलमा १२ लाख २९ हजार ३६३ जनालाई स्क्रिनिङ गरिएको थियो ।
कोरोना संक्रमितहरु दिल्लीमा ७ जना, हरियानामा १४ जना, केरलामा २२, राजस्थानमा २, तेलंगानामा ३, उत्तर प्रदेशमा ११, लद्दाखमा ३ र तामिल नाडुमा १, जम्मु काश्मीर २, पञ्जाब १, कर्नाटक ६, महाराष्ट्र ३२ र आन्द्रा प्रदेशमा १ जना भेटिएका छन् । - डीएनए इन्डिया