७ वर्षअघि प्रचण्डलाई झापड हान्ने कुँवर बानेश्वरबाट पक्राउ
काठमाडौं,२ चैत्र । करिब ७ वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चियापान कार्यक्रममा झा’पड हा’नेका बाग्लुङ्गका पदम कुँवर पक्राउ परेका छन् । उनलाई शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ गरेको हो ।
नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको प्रहरीले बताएका छन् कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।
२०६९ साल मंसिर १ गते भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई झा’पड हा’नेका थिए ।