सुरु भयो सार्क राष्ट्रबीचको भिडियो कन्फरेन्स : मोदीले गरे सबैलाई स्वागत (लाइभ हेर्नुहोस्)
काठमाडौं, २ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच संयुक्त भिडियो कन्फ्रेन्स सुरु भएको छ ।
 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख सहभागी छन् । भिडियो संवादको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका नेपालका प्रधानमन्त्री ओलीको स्वागत गरे ।
 
 
‘भर्खरै अप्रेशन गरेर आउनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी यो भिडियो संवादमा सहभागी हुन आउनु भएकोमा धेरै धेरै धन्यवाद!’, सम्बोधनको सुरुमै मोदीले भने, ‘हामी सबैकोत र्फबाट उहाँको स्वास्थ्य चाँडो भन्दा चाँडो पूर्ण ठीक होस् भन्ने कामना गर्दछु ।’
उनले त्यसपछि अफगानिस्तानका नवनियुक्त राष्ट्रपति असरफ घानीलाई स्वागत गरे । मोदीले सम्बोधनका क्रममा सार्क राष्ट्रहरुबीच उस्तै उस्तै चुनौती रहेको बताए । जनता-जनताबीचको सम्बन्ध रहेका सार्क राष्ट्रले साझा समस्यासँग सामूहिक रुपमा जुध्नुपर्नेमा जोड दिए ।
 
 
‘हामीले हाम्रो समस्यालाई ‘अन्डर इस्टिमेट’ गर्नु हुँदैन । हामीले ‘स्टेप बाइ स्टेप’ पहल गरेर कोरोनाविरुद्ध लड्नुपर्छ’, उनले भने, ‘हाम्रा सयौँ नागरिक कोरोनाबाट प्रभावित भएका छन् । यसविरुद्ध हामीले साझा र सामूहिक रुपमा लड्न तयार हुनुपर्छ ।’
अहिले श्रीलंकाका राष्ट्रपतिले भिडियो कन्फ्रेन्समा आफ्नो बिचार राखिरहेका छन् ।
लाइभ भिडियो हेर्नुहोस्-
https://www.facebook.com/ThahaKhabar/videos/596830647583545/
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        