बर्दिया । हावाहुँरीसँगै परेको चट्याङ लागेर बर्दिमा दुई महिलाको ज्यान गएको छ । शनिबार राती चट्याङ लागेर ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरकी ७० वर्षीया बिस्री थारु र उनकी ४५ वर्षीया बुहारी फुलरानी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
शनिबार दिउँसो सासु बुहारी स्थानिय बग्नाहा बजार गएका थिए । आफन्तसँग भेटघाट गरि घर फर्कने क्रममा बाटोमै उनीहरुलाई चट्याङ लागेको बताइएको छ ।
शनिबार साँझ हावाहुरीसँगै आकाश गड्याङ्गगुडुङ्ग गर्दै असिना पानी परेको थियो । त्यसैबेला उनीहरुलाई चट्याङ् लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
उनीहरुको शव बाँसको झाग नजिकैको खाल्डोमा फेला परेको हुँदा पानीबाट ओत लाग्न बाँसको झांग मुनी गएको बेला चट्याङले हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।